एमीली स्काराटले अन्तर्राष्ट्रिय रग्बीबाट अवकाशको घोषणा, १७ वर्षको सुनौलो यात्रा समाप्त
Emily-Scarratt-File-Photo-5djah0it (1)

लन्डन – इंग्ल्याण्ड महिला रग्बी टोलीकी स्टार खेलाडी एमीली स्काराट (Emily Scarratt) ले १७ वर्ष लामो अन्तर्राष्ट्रिय करियरपछि मंगलबार अवकाशको घोषणा गरेकी छन्। दुई पटकको रग्बी विश्वकप विजेता स्काराटले आफ्नै निर्णयमा खेल जीवनबाट बिदा लिँदै नयाँ पुस्ताका खेलाडीका लागि मार्गदर्शक बन्ने संकेत गरेकी छन्।

३५ वर्षीया स्काराटले सन् २००८ मा इंग्ल्याण्डका लागि डेब्यू गरेकी थिइन्। त्यसपछि उनले ११९ पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिन् र कुल ७५४ अंक बनाइन्, जुन इंग्ल्याण्ड महिला रग्बी इतिहासकै सबैभन्दा बढी हो। उनले २०१४ २०२५ मा विश्वकप उपाधि जितेकी थिइन्।

स्काराट पहिलो महिला खेलाडी हुन् जसले पाँच वटा विश्वकप प्रतियोगितामा भाग लिएकी छन्। उनको खेलकुदमा समर्पण, अनुशासन र नेतृत्व क्षमताले उनलाई विश्वभरका महिला खेलाडीका लागि प्रेरणाको स्रोत बनाएको छ।

अवकाशको घोषणा गर्दै उनले भनिन्,

“रग्बीले मलाई सबै कुरा दिएको छ — साथीसंगी, सम्झना, अनुभव र आत्मविश्वास। म अझै पनि खेललाई मन पराउँछु, तर अब नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस गर्छु।”

रग्बी फुटबल युनियन (RFU) का अनुसार स्काराट अब कोचिङ खेलाडी विकास कार्यक्रममा संलग्न हुनेछिन्। उनी आफ्ना अनुभव र सीप नयाँ पुस्तासँग बाँड्ने तयारीमा छिन्।

उनको अवकाशसँगै इंग्ल्याण्ड महिला रग्बीको एक सुनौलो युगको अन्त्य भएको मानिन्छ। खेलप्रेमी र समर्थकहरूले सामाजिक सञ्जालमा उनलाई शुभकामना दिँदै, “स्काराट जस्तै खेलाडी विरलै जन्मिन्छ,” भन्ने प्रतिक्रिया दिएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *